३१ असार ०७५, काठमाडौं । सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको बेल्जियमले तेस्रो स्थान पक्का गरेको छ ।
सेन्ट पिटसवर्ग स्टेडियममा शनिबार राति भएको खेलमा इङ्ल्यान्डलाई २–० ले पराजित गर्दै बेल्जियमले तेस्रो स्थान पक्का गरेको हो । विश्व फुटबलमा बेल्जियमको यो अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो ।
चौथो मिनेटमा थोमस मुनिइर र ८२ औं मिनेटमा इडेन हाजार्डले गरेको गोलमा बेल्जियमले तेस्रो स्थानको प्ले अफ खेलमा विजय हात पारेको हो ।
सन् १९८६ मा यसअघि एक पटक मात्र विश्वकपमा सेमिफाइनल पुग्दा बेल्जियम चौथो भएको थियो ।