आमाछोरीलाई कुटपिट गर्ने गिरी र दाहाल जेल चलान

२७ असार ०७५, महोत्तरी । पानी छोएको निहुँमा विश्वकर्मा आमाछोरीलाई कुटपिट गर्ने दुईजनालाई जिल्ला अदालतले जेल सजाय सुनाएको छ ।

महोत्तरी जिल्ला अदालतले कुटपिटमा संलग्न दुई जनालाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो । पीडितलाई पचास हजार क्षतिपूर्ति भराउन आदेश पनि दिएको छ ।

न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले जातीय भेदभाव तथा कसुरमा दोषी ठहर गर्दै २६ वर्षीया कमला गिरीलाई ६ महिना कैद र १० हजार जरिवाना सुनाएको छ भने र रामबाबु दाहाललाई  ३ महिना कैद र ५ हजार जरिवाना अभिभावकबाट उसुल्न आदेश दिएको छ ।

महोत्तरीको बर्दिवास–४ भब्सी टोलका सार्वजनिक धारामा पानी थाप्न जाँदा ३६ वर्षीय बुद्धमाया विश्वकर्मा र १६ वर्षीया छोरी मनिषामाथि १५ वैशाखमा कुटपिट भएको थियो ।

तपाइको मत