डडेल्धुराको तुलाभाडीमा बस दुर्घटना हुँदा १२ जना घाइते

२४ असार ०७५, डडेल्धुरा । डडेल्धुरामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन ।

डडेल्धुरा सदरमुकामबाट बिहान ९ बजे जोगबुढका हिँडेको ना४ख ४०७७ नम्बरको बस परशुराम नगरपालिका वडा न. १२ तुलाभाडीमा दुर्घटना हुँदा बसमा सवार १२ जना घाइते भएका हुन् ।

बसमा सवार १२ जना घाइते भएको र घाइतेहरुको अवस्था सामान्य रहेको र घाइते सबैको जोगबुढा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख प्रहरी निरीक्षक इश्वरी दत्त पाण्डेले जानकारी दिए ।

तपाइको मत