१६ असार ०७५, काठमाडौं । ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा अवतरणका क्रममा सिम्रिक एयरलाइन्सको हेलिकोप्टर दुर्घटना भएको छ ।
शनिबार दिउँसो राजधानीको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको छतमा ल्याण्ड गर्ने क्रममा सिम्रिक एयरको ९एन एएलएमआर कलसाइनको हेलिकोप्टर दुर्घटनाबाट बचेको हो ।
विमानस्थलबाट अस्पताल पुगेको हेलिकोप्टर अस्पतालको छतमा ल्याण्ड गर्ने क्रममा चिप्लिएर तल्लो छतमा पुगेको छ । ग्राण्डीबाट चिकित्सकलाई लिएर चितवन जान हेलिकोप्टर अस्पताल पुगेको थियो ।
यात्रु बिहिन हेलिकोप्टरका पाइलट सकुसल छन् । हेलिकोप्टरको पछाडिको भागमा सामान्य क्षति भएको छ ।