१६ असार ०७५, काठमाडौं । प्रहरीले ३ किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ ।
शनिबार बिहान करिव साढे ११ बजे महानगरीय प्रहरी परिसर काठमाडौंका टोलीले नागढुंगामा गाडी चेक जाँच गर्ने क्रममा युके ०२४६८४ नम्बरको मारुती कारको एयर फिल्टरमा राखेको अवस्थामा सुन बरामद गरेको हो ।
प्रमुख एसएसपी विश्वराज पोखरेललका अनुसार काठमाडौंबाट महेन्द्रनगर हुँदै भारतका लागि हिँडेको गाडीका चालक भारतीय नागरिक दीपक कुमार मोर्रे र कञ्चनपुर घर भएका मनोज बिकलाई सुनसहित पक्राउ गरिएको हो । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।