६ असार ०७५, काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणमा भारतीय नागरिक विमल पोदार पक्राउ परेका छन् ।
मंगलबार साँझ डिल्लीबजार क्षेत्रबाट उनलाई बा८च ७७१३ नम्बरको कालो रंगको स्कोडा गाडीसहित नियन्त्रणमा लिइएको हो ।
सुन तस्करीमा संलग्न रहेको प्रमाण फेला परेपछि पोदारलार्इ पक्राउ गरिएको सुन तस्करी प्रकरणको छानबिनका लागि गठित गृह मन्त्रालयको समितिले जनाएको छ ।
नेपालका केही ठूला व्यापारीसँग सम्पर्क रहेका पोदारले सुन तस्करीका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवालसँग मिलेर नेपालमा अन्य व्यवसाय समेत गर्ने गरेको बुझिएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार बुधवारबाट पोदारको बयान शुरु भएको छ ।
संगठित रुपमा हुँदै आएको सुन तस्करीको अनुसन्धानका क्रममा समितिले झण्डै चालिस जनाबिरुद्ध संगठित अपराध, हत्या तथा तस्करीको अभियोगमा मुद्दा चलाइसकेको छ ।