वरिष्ठ डा. उपेन्द्र देवकोटाको निधन, भोलि श्रद्धाञ्जलीका लागि ८-१ बजेसम्म न्यूरो अस्पतालमा मै राखिने

४ असार ०७५, काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको  निधन भएको छ ।

पित्तथैलीको क्यान्सरबाट गम्भीर बिरामी देवकोटाको सोमबार अपरान्ह ५ बजेर ३५ मिनेटमा बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो ।

अस्पतालले जारी गरेको विज्ञप्ती अनुसार उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान ८ बजेदेखि १ बजेसम्म न्यूरो अस्पतालमा नै राखिने छ ।

डा. देवकोटाले वीर अस्पतालबाट मुलुकमा स्नायु शल्य चिकित्साको विस्तार गरेका थिए । उनले आफू स्वास्थ्य मन्त्री हुँदा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा रुपान्तरण गरेका थिए ।

प्रेस विज्ञप्ति:

 

 

तपाइको मत