४ असार ०७५, बुटवल । प्रदेश ५ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद वैठक बहिस्कार गरेको छ ।
सोमबार दिउँसो १ बजे बसेको बैठकमा कांग्रेस सांसद डिल्ली चौधरीले सरकारले प्रस्तुत गरेको बजेट असमान भएको भन्दै विरोध जनाएपछि कांग्रेसका सांसदले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन् ।
सभामुख पूर्णबहादुर घर्तीले संसदको बैठक अगाडि बढाउन पटक-पटक आग्रह गर्दा समेत कांग्रेस सांसदले सभामुखको आदेश नमानेपछि उनीहरू बैठक नै बहिस्कार गरी बाहिरिएका थिए ।
कांग्रेसले वैठक बहिस्कार गरेपछि प्रदेश सभा बैठक २० मिनेटका लागि स्थगित भएको थियो ।