यति एयरको जहाज दुर्घटनाबाट जोगियो

३ असार ०७५, कास्की ।  यति एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगिएको छ ।

काठमाडौंबाट पोखराको लागि उडेको जहाज  पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा हाइड्रोलिक फेल भएपछि धावन मार्गबाट घाँसे मैदानमा पुगेको हो ।

यति एयरको नाइन एन एएचयुको कलसाइन भएको उक्त जहाजमा रहेका चालक दल र २० जना यात्रु सकुशल छन् । काठमाडौंबाट प्राविधिक बोलाएर जहाजमा देखिएको समस्या पहिचान गर्ने यति एयरलाइन्सले जनाएको छ ।

तपाइको मत