३१ जेठ ०७५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी असार ५ गतेदेखि हुने चीनको औपचारिक भ्रमणका कार्यतालिका सार्वजनिक भएको छ ।
बिहीबार परराष्ट्र मन्त्रालले पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो । चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा ओली चीन भ्रमणमा जान लागेका हुन् ।
प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले परम्परागत र मैत्रीपूर्ण सम्बन्धलाई मजबुत बनाउँदै परिवर्तित सन्दर्भमा अझ माथि उठाउन भ्रमण केन्द्रीत हुने बताए ।
प्रधानमन्त्रीको भ्रमण कार्यतालिका
पहिलो दिन प्रधानमन्त्री दूतावासको कार्यक्रममा सहभागि हुनेछन् ।
दोस्रो दिन उच्चस्तरीय भेटघाट गर्नुको साथै चाइनिज विजनेस कमिटी (सिसिटिआइपी)सँग छलफल गरी उर्जालगायतका विषयमा सम्झौता गरिनेछ ।
तेस्रो दिन नेपाल पर्यटन भ्रमण बर्ष २०२० कार्यक्रममा सहभागि भई त्यसै दिन चिनियाँ प्रधानमन्त्रीसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।
चौथो दिन २२ तिब्बतियन स्वायत्त क्षेत्रमा चिनियाँ कम्युनिष्ट पार्टीका सेक्रेटरीसँग भेटघाट तथा तिब्बतका केही क्षेत्रको भ्रमण गर्ने गरी स्वदेश फर्किने कार्यतालिका सार्वजनिक गरिएको छ ।
यसअघि प्रधानमन्त्रीको चीन भ्रमणबारे परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत ६ दिने हुने भनेकोमा आज आयोजित पत्रकार सम्मेलनमा भ्रमण तालिका छोट्याउँदै ४ दिने भएको जानकारी दिएको छ ।