२७ जेठ ०७५, काठमाडौं । किवानिज इन्टरनेशनल नेपालले पोखरामा शैक्षिक सम्मेलन गर्ने भएको छ।
बालबालिकाको क्षेत्रमा काम गदैँ आएको किवानिज इन्टरनेशनल नेपालले पदाधिकारीलाई प्रविधियुक्त बनाउन शैक्षिक सम्मेलन गर्न लागेको हो ।
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा किवानिज इन्टरनेशनल नेपालको केन्द्रीय कमिटीको बैठकले आगामी भदौँ १५ गतेदेखि ३दिने शैक्षिक सम्मेलन पोखरामा गर्ने निर्णय गरेको हो ।
सम्मेलनका संयोजक तथा किवानिज इन्टरनेशनल नेपालका सचिव लक्ष्मण लम्सालले तीन दिनसम्म सञ्चालन हुने उक्त शैक्षिक सम्मेलनमा क्वलका अध्यक्ष, सचिव र कोषाध्यक्ष अनिर्वाय उपस्थिति हुने बताए ।
उनले सम्मेलनमा किवानिजको अन्तर्राष्ट्रिय पोर्टल सञ्चालन, अनलाइन र इमलेबाट रिपोर्ट तथा जानकारी पठाउने र पाउने विधि सिकाइने हुदा गतिविधिलाई अनलाइन पोर्टल मार्फत अद्यावधिक गर्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
किवानिज इन्टरनेशनल नेपालका अध्यक्ष सुजन कुमार श्रेष्ठले हाल नेपाल भित्र २१ वटा किविनिज क्लवमा ५ सय भन्दा बढी सदस्य आवद्ध रहेको र देशका विभिन्न स्कुलहरुमा सहयोग गर्दै आएको उल्लेख गरे ।
अध्यक्ष श्रेष्ठले नवलपरासीमा बालबालिकाको नेतृत्व विकासका लागि के–किड्ज क्लब, हेटौडामा सडक बालबालिकाका लागि मामा घर नेपाल, पोखरामा ५० जना बालबालिकाका लागि झोला र स्टेसनरी र रुपन्देहीमा ५ सय जना बालबालिकालाई स्टेसनरी, संखुुवासभामा २४ हजार बालबालिकालाई स्टेशनरी, खाजा, खेलकुद सामाग्री लगायतका सामान र सिन्धुपाल्चोकमा १ हजार भन्दा बढी बालबालिकालाई स्टेशनरी, खाजा, खेलकुद सामाग्री लगायतका सामान प्रदान गदैँ आएको जानकारी दिए ।