लिखित परीक्षाको नतिजा र लाइसेन्स प्रिन्ट भए वा नभएको जानकारी SMS बाटै

२६ जेठ ०७५, काठमाडौं । सवारी चालक अनुमतिपत्र लिखित परीक्षाको नतिजा र स्मार्ट लाइसेन्स प्रिन्ट भए वा नभएको  जानकारी एसएमएसबाटै थाहा पाउन सकिनेछ ।

यातायात व्यवस्था विभागले एसएमएस गरेर नतिजा र स्मार्ट लाइसेन्स प्रिन्ट भएरनभएको थाहा पाउने सकिने सिस्टम सञ्चालनमा ल्याएको हो । अब आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए वा नभएको थाहा पाउन विभागमा पटक-पटक जानुपर्ने छैन ।

सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन WT लेखेर एउटा स्पेस छाडेर एप्लिकेन्ट आईडी टाइप गरेर (WT‹space›Applicant ID) ३१००३मा एसएमएस गर्न सकिनेछ ।

त्यसैगरी स्मार्ट लाइसेन्स प्रिन्ट भए वा  नभएको थाहा पाउन LC टाइप गरी एक स्पेश दिएर एप्लिकेन्ट आईडी टाइप गरी (LC‹space›Applicant ID) ३१००३मा एसएमएस गर्न सकिने छ ।

विभागले हाल ४ वटा स्मार्ट कार्डप्रिन्ट गर्ने मेसिन ल्याएको छ ।

तपाइको मत