२४ जेठ ०७५, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएका छन् ।
बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आजकै मितिबाट लागु हुने गरी खड्काले राजीनामा दिएका हुन् । उनले आपूर्ति मन्त्री मातृका यादवलाई राजीनामा पत्र बुझाउन गएका छन् ।
सम्मेलनमा उनले आफूलाई गत कात्तिकमा मन्त्रिपरिषद्ले हटाए पनि सर्वोच्चले स्टे अडर जारी गरेपछि मन्त्रालयमा तानेर आफूलाई कुनै जिम्मेवारी नदिई मनोबल गिराउने काम मात्र भएकोले राजीनामा दिएको बताए ।
उनलाई इन्धन भण्डारणको लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेकाले निगममै राख्दा निगमको हित विपरित कार्य गर्न सक्ने भन्दै आपूर्ति मन्त्रालयले मन्त्रालयमा हाजिर गराउने निर्णय शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको थियो ।