ओएसिस् मेडिकल कलेजमा बीएन र बीएससी नर्सिङ कार्यक्रम बन्द

२० जेठ ०७५, चितवन । भरतपुरस्थित ओएसिस् मेडिकल कलेजको बीएन र बीएससी नर्सिङ कार्यक्रम बन्द भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन लिएको तर नेपाल नर्सिङ परिषदसँग सम्वन्धन नलिई बीएन र बीएससी नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएकोले हाललाई उक्त कार्यक्रम  बन्द गरिएको हो ।

विश्वविद्यालयका डिन डा. सिद्धार्थ कोइरालाले ओएसिस बन्द भएपछि तीन वर्षे बीएन र चार वर्षे बीएससी नर्सिङ कार्यक्रममा पढिरहेका ९९ जना विद्यार्थीलाई एनपीआई र श्रीमेडिकल कलेजमा बाँकी कार्यक्रम पढाउने गरी स्थानान्तरण गरिएको जानकारी दिए ।

ओएसिस मेडिकल कलेजले मापदण्ड पूरा नगरेको भन्दै नेपाल नर्सिङ परिषदले सम्वन्धन रोकेको थियो ।  ओएसिस मेडिकल कलेजबाट बीएससी नर्सिङ पास गरेका दुई विद्यार्थीलाई परिषदले लाइसेन्स प्रमाणपत्र दिएको छैन ।

नर्सिङ काउन्सिलको स्वीकृतविना नै ओएसिसले विगत ६ वर्षदेखि नर्सिङ कार्यक्रम पूर्वाञ्चल विश्वविद्यालयको सम्वन्धनमा चलाउँदै आएको छ । कलेजले भने, नर्सिङ परिषदसँग स्वीकृतीको तयारी भैरहेको जनाउँदै आएको छ ।

तपाइको मत