गायक शिव परियार दुर्घटनामा घाइते

१३ जेठ ०७५, काठमाडौं ।  गायक शिव परियार मोटरसाइकल दुर्घटनामा परेका छन् ।

आइतबार बिहान  बसुन्धारामा परियारले चलाएको बा ८० प ९९९८ नम्बर मोटरसाइकललाई पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको  मोटरसाइकले ठक्कर दिएपछि दुर्घटना भएको हो ।

घाइते परियारको दाहिने खुट्टामा चोट लागेकाले बसुन्धारास्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उनको मोटरसाइलको पछाडी अर्का गायक कर्णराज गिरी समेत सवार थिए । गिरी भने सामान्य उपचारपछि घर  फर्किएको बताइएको छ ।

फोटोः शिव परियारको फेसबुकबाट

तपाइको मत