बसले मोटरसाइकललाई ठक्कर दिदा ३जनाको मृत्यु

१३ जेठ ०७५, तनहुँ । पृथ्वीराजमार्गको व्यास नगरपालिकास्थित कमलबारीमा बसले मोटरसाइकललाई ठक्कर दिदा एउटै मोटरसाइकलमा सवार ४ जनामध्ये ३ जनाको मृत्यु भएको छ ।

शनिबार राति पोखराबाट काँकरभिट्टातर्फ जाँदै गरेको ना ५ ख ३०८२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको ना ५५ प १५९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।

दुर्घटनामा पर्सा घर भई सेरवा गाउँपालिका वडा नं ३ बस्ने २० वर्षीय राज राय र २१ वर्षे धिरज चौधरीको घट्नास्थलमै  र घाइते २२ वर्षीया संजय चौधरीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं डिएसपी सुनिल मल्लले  २१ वर्षीय घाइते भोला चौधरीको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको जानकारी दिए ।

डिएसपी  मल्लले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

तपाइको मत