९ जेठ ०७५, इटहरी । जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्रप्रसाद सुवेदी घुस लिएकाे अाराेपमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी स्थित क्षेत्रीय कार्यालयले सुवेदीलाई ५० हजार घुस लिँदालिँदै पक्राउ पक्राउ गरेको हो ।
क्षेत्रीय कार्यालय इटहरीका प्रवक्ता नरेन्द्र भट्टराईका अनुसार सुवेदीले सुनसरीको कोशी गाउँपालिकाको भेन्टाबारीस्थित एक आधारभूत विद्यालयमा शौचालय र पर्खाल बनाउने योजना उपलब्ध गराउन ५० हजार घुस मागेका थिए ।
उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।