बाबुराम भट्टराईको आरोप : प्रचण्ड इतिहास भुलेर सत्ता–स्वार्थमा लागे

५ जेठ ०७५, कास्की । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पुनर्गठित नेपाल कम्युनिष्ट पार्टी अहिलेकै साइजमा नरहने बताएका छन् ।

शनिबार पोखरामा संसदीय पत्रकार मञ्चले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा संयोजक भट्टराईले बैंक कमजोर भएपछि मर्ज भएजस्तै एमाले-माओवादी केन्द्र मर्ज भएको बताएका हुन् ।

‘जसरी बैंक कमजोर भएपछि मर्ज हुन्छ, त्यसैगरी दुई पार्टीबीच मर्ज भएको हो’, संयोजक भट्टराईले भने, ‘एकीकृत पार्टी सधैंभरि यही साइजमा रहँदैन ।’

नयाँ शक्ति पार्टी पनि मर्ज हुने तयरी गर्दै छ रे नि ! भन्ने पत्रकारको प्रश्नमा अबुझहरुले भ्रम फैलाएको बताउदै भ्रममा नपर्न अपिल गरे ।

कम्युनिष्ट र काङ्रेसको ब्राण्ड अब पुरानो भएको भन्दै भट्टराइले अब नयाँ शक्ति पार्टी जनता माझ पुग्ने बताए ।

प्रचण्डले माओवादी केन्द्र चलाउन नसकेपछि एमालेमा विलय गराएको आरोप लगाउँदै नेता भट्टराईले सत्ता र स्वार्थ मिलेकाले एमाले र माओवादी केन्द्र एकीकरण भएको बताए ।

उनले माओवादी आन्दोलनको सम्पूर्ण इतिहास, त्याग र बलिदान भुलेर प्रचण्ड सत्ता-स्वार्थमा लागेको आरोप लगाए ।

तपाइको मत