एमाले र माओवादीबीच भाेलि पार्टी एकता हुने : दुबै पार्टीले बाेलायाे अाकस्मिक बैठक

२ जेठ ०७५, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले भाेलि जेठ ३ गते पार्टी एकता गर्ने तयारी गरेका छन् ।

उच्च राजनीतिक स्रोतका अनुसार मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर एमाले र माअाेवादीले भाेलि साँझ ५ बजे पत्रकार सम्मेलन गरेर पार्टी एकता घोषणा गर्ने तयारी गरेकाे हाेे ।

स्रोतका अनुसार भोलि बिहान ७ बजे मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने, त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ र साँझ ५ बजे पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने गरी तयारी भएको छ ।

आज बिहान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएपछि भोलि पार्टी एकता गर्ने सहमति बनेको हो ।

स्रोत भन्छ, ‘अब एकताका लागि औपचारिकता मात्र बाँकी रहेको छ ।’

दुबै पार्टी अाकस्मिक बैठक बस्दै

एमालेले प्रधानमन्त्री निवास बालुवाटारमै आज चार बजे स्थायी समिति बैठक बोलाएको छ भने माओवादीले पनि चार बजे नै पार्टी सचिवालयको बैठक बोलाएको छ ।

बुधबार बिहान प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वान टु वान वार्ता भएपछि पार्टी एकता घोषणाका लागि दुबै पार्टीले आन्तरिक तयारीलाई सघन बनाएका हुन् ।

भाेलि बिहान १० बजे एकता संयोजन समितिको बैठक बोलाइएको छ ।

 

 

तपाइको मत