२६ बैशाख ०७५, मन्थली । रामेछापको उमाकुण्ड गाउँपालिका-५ प्रितीका वडाध्यक्ष कुवीर खत्री मृत अवस्थामा फेला परेका छन् ।
बुधबार बिहान वडा नम्बर ५ प्रितीकै बसेरी चिलाउने भन्ने ठाउँमा खत्रीको शव फेला परेका हो । खत्री मंगलबार विहान साढे ८ बजेदेखि सम्पर्क विहीन थिए ।
उमाकुण्ड गाउँपालिकाका प्रवक्ता रुद्रमणि नेवारका अनुसार खत्रीको मोटरसाइकल, कोट, जुत्ता र डायरी भेटिएको भन्दा करिब पाँच सय मिटर तल शव भेटिएको हो ।
मंगलबारको गाउँकार्यपालिकाको बैठकमा अबेरसम्म नआएपछि वडाध्यक्ष खत्रीलाई सम्पर्क गर्दा फोन नउठेको र घरपरिवारमा फोन गर्दा बिहानै हिँडेको जानकारी आएपछि उनको खोजी सुरु गरिएको थियो ।
खत्री नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।