यातायात व्यवसायी महासंघका महासचिव सिटौला पक्राउ

२१ बैशाख ०७५, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् ।

शुक्रबार काठमाडौं प्रहरी परिसरको सादा पोशाकको टोलीले महासचिव सिटौलालाई  रिपोर्टस क्लब, भृकुटीमण्डपको कार्यक्रममा आउने क्रममा पक्राउ गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाले यातायात अवरुद्ध गर्नेलाई कारबाही गर्ने निर्देशन दिएलगतै प्रहरीले यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न थालेको हो ।

पक्राउ परेका सिटौलालाई आवश्यक सेवा सञ्चालन ऐन वा सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाइने प्रहरीले जनाएको छ । सिटौला महानगरीय प्रहरी काठमाडौं प्रहरी परिसर, टेकुमा राखिएको परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले बताए ।

तपाइको मत