२१ बैशाख ०७५, काठमाडौं । शुक्रबार यातायात व्यवसायीहरुले गाडी चलाउन बन्द गरेपछि सरकारले क्यू फ्री गरेको छ ।
सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले गाडी चलाउन बन्द गरेपछि सरकारले क्यू फ्री गरेको हो ।
आज क्यू फ्री भएकाले गाडी चालकले आफ्नो इच्छा अनुसार जुनसुकै रुटमा गाडी चलाउन पाउँछन् । तर भाडा भने सरकारले तोकेभन्दा बढी लिन पाइने छैन ।
सिन्डिकेट कायमै राख्नुपर्ने पक्षमा रहेका केही यातायात व्यवसायीहरुले गाडी नचलाएपछि यातायात व्यवस्था विभागले लामो तथा छोटो दुरीका बिभिन्न रुटमा गाडी चलाउने व्यवस्था मिलाएको हो ।
विभागका प्रवक्ता तुलसीराम अर्यालले दिएको जानकारीअनुसार काठमाडौं उपत्यकामा साझा, मयुर, शुुभकामना, अन्नपूर्ण र बज्रबाराहीका बस चलाउने व्यवस्था मिलाएका छन् ।
यसअघि धनगढी–काठमाडौं रुटमा चल्ने गरेको घोडाघोडी यातायातका बसले पनि काठमाडौंभित्रै सेवा दिने जानकारी पाएको विभागले जनाएको छ ।
कुन रुटमा कुन गाडी चल्दैछन् ?
साकिरा यातायातका बस– इलाम,काकडभिट्टा, भद्रपुर,धरान, विराटनगर,चतरा
बुलबुले, देउती र नागरिक यातायातका बस– सुर्खेत, नेपालगन्ज, दैलेख, जाजरकोट रुट
रोल्पा यातायातका बस– काठमाडौं–रोल्पा
नमस्ते प्यूठानका बस – काठमाडौं प्युठान
आशिर्वाद यातायातका बस– रोल्पा–नेपालगन्ज
रुकुम यातायात प्रालिका बस –रुकुम–काठमाडौं
मेट्रो सर्भिसका बस – कोहलपुर, सुर्खेत, काठमाडौं
भेरी यातायातका बस –बर्दिया, बुटवल, काठमाडौं
लंका यातायातका बस –अर्घाखाँची–बुटवल
स्मार्ट नेपालका बस – काठमाडौं, दाङ, नेपालगन्ज, रोल्पा
मालिका कालिका र सहारा यातायाका बस– दाङ–काठमाडौं
हरियो नम्बर प्लेटका टुरिस्ट बस –काठमाडौं, चितवन र पोखरा
चुरिमाई यातायात – काठमाडौं–जनकपुर
रातुकमला –सर्लाही–जनकपुर
शुुभकामना यातायात – भक्तपुर–काठमाडौं