दिपक मनाङे डिल्लीबजार जेल चलान

७ बैशाख ०७५, काठमाडौं । मनाङबाट प्रदेशसभामा विजयी  रावीज गुरुङ ‘दिपक मनाङे’लाई डिल्लीबजार जेल चलान गरिएको छ ।

बिहीबार स्वयम्भुबाट पक्राउ परेका मनाङेलाई ज्यान मार्ने उद्योग मुद्दामा तोकिएको सजाय अनुरूप काठमाडौं जिल्ला अदालतको आदेशमा  डिल्लीबजार जेल चलान गरिएको हो ।

२०६१ साल वैशाख ३१ गते महाराजगञ्जस्थित चुफाङ रेष्टुराँमा मिलन गुरुङ (चक्रे मिलन) माथि खुँडा प्रहार गरी देब्रे हात काटिदिएको भन्दै गुरुङ पत्नी इन्दिराको जाहेरी र प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे सहितका प्रतिवादीविरुद्ध ‘ज्यानमार्ने उद्योग’ मुद्दा चलाएको थियो ।

मुद्दाको पुर्पक्षका लागि थुनामै रहेका मनाङे दुई वर्ष जेल सजाय हुने गरी जिल्ला अदालतबाट भएको फैसलाअनुरूप कैद भुक्तान गरी २०६३ साल चैत १८ गते थुनामुक्त भएका थिए ।

ज्यान मार्ने उद्योग मुद्दामा मनाङेसँगै मुछिएका काठमाडौं नक्सालका रेवत कार्की, सोही ठेगानाका रमेश सुनुवार, काभ्रे खहरे पागुका गणेश लामा र चितवन कविलासका उमेश लामाले भने जिल्ला तहदेखि नै सफाइ पाएका थिए ।

तपाइको मत