भ्रष्टाचारलाई मन्त्रिपरिषदबाट संस्थागत गर्ने काम भइरहेको रावलको आरोप

आयल निगम संसदमा प्रवेश

२० भदौ ०७४, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपाली जनताले विरोध गरिरहेका भ्रष्टाचार घटनालाई मन्त्रिपरिषदबाट संस्थागत गर्ने काम भइरहेको आरोप लगाएका छन् ।

सोमबार व्यवस्थापिका संसदमा बोल्दै नेता रावलले जनताले विरोध गरिरहेका भ्रष्टाचार घटनालाई मन्त्री र मन्त्रिपरिषदबाट संस्थागत गर्ने काम भइरहेको आरोप लगाएका हुन् ।

‘नेपाली जनताले विरोध गरिरहेका भ्रष्टाचार घटनालाई मन्त्री र मन्त्रिपरिषदबाट संस्थागत गर्ने काम भइरहेको छ’ उनले भने, ‘यस विषयमा प्रधानमन्त्री जवाफ दिनुपर्छ ।’

नेता रावलले आयल निगमले जग्गा अधिग्रहण गर्दा ठूलो भ्रष्टाचार भएकाले सो विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदलाई जवाफ दिनुपर्ने  बताएका हुन् ।

‘जग्गा अधिग्रहणमा ठूलो भ्रष्टाचार भएको छ, सरकार संस्थागत भ्रष्टाचारमा लिप्त छ’ उनले भने ।

आयल निगमले डिपो निर्माणका लागि जग्गा खरिद गर्दा एक अर्ब ३० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको देखिएको अवस्थामा प्रमुख प्रतिपक्ष एमालेले प्रधानमन्त्रीसँग जवाफ मागको छ । यस सँगै नेपाल आयल निगमको भ्रष्टाचार प्रकरण संसदमा प्रवेश गरेको छ ।

तपाइको मत