२१ साउन ०७४, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आमरण अनसनमा रहेका डा. गोविन्द केसीको समर्थनमा व्यानर बोकेर सडकमा पुगेकी छन् ।
पूर्वप्रधानन्यायाधीश कार्की अनसनरत डा. केसीको समर्थनमा सुरु भएको प्रदर्शनमा सहभागी हुन शनिबार माइतीघर मण्डला पुगेकी हुन् ।
चिकित्सा शिक्षा विधेयक पास गर्नु पर्ने लगायतका माग राख्दै डा. केसी १३ दिनदेखि आमरण अनसनमा बसेका छन् ।