३ असार ०७५, जलेश्वर । ४ करोड रुपैयाँ अपचलन गरेको आरोपमा एक सहकारी संस्थाका सञ्चालक पक्राउ परेका छन् ।
बचतकर्ताबाट संकलन गरिएको रकम अपचलन गरेको आरोपमा महोत्तरीको जलेश्वरस्थित पिपुल्स हेल्पफुल बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिका पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
सञ्चालक समिति अध्यक्ष जलेश्वर–२ का रवीन्द्रनाथ मल्लिक र सदस्य जलेश्वर–११ का राधवेन्द्र पाण्डे पक्राउ पर्नेमा परेका हुन् ।उनीहरूविरुद्ध ठगी आरोपमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
सहकारीको कार्यालय नै बन्द गरेर सञ्चालक फरार भएपछि १ हजार ५ सय बचतकर्ताको ४ करोड ८३ लाखभन्दा बढी निक्षेप जोखिममा परेको महोत्तरीका एसपी कुवेर कडायतले जानकारी दिए ।
फरार हुनेमा बचतकर्ताबाट पैसा संकलन गर्ने एजेन्ट, सञ्चालक समितिका अरू पदाधिकारी, तीन प्रबन्धक र क्यासियर लगायत छन् ।
बचतकर्ताबाट दैनिक रकम संकलन गर्ने २३ जनाका नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।