२४ भदौ ०७५, नुवाकोट । नुवाकोटमा शनिबार भएको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव आइतबार बिहान विदुर ल्याइएको छ ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले शुक्रबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकप्टर दुर्घटना स्थल दुर्गम भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको ल्याउने कार्य भएको जानकारी दिए । प्रशासनले मृतकका शवलाई काठमाडौँ पठाउने तयारी गरेको छ ।
सात जना सवार हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेका बताइएको छ ।
दुर्घटनामा छ जनाको मृत्यु भएको थियो ।