हिमाली र पहाडी जिल्लाहरुमा होली हर्षोल्लासका साथ मनाइँदै

६ चैत्र ०७५, काठमाडौं । रंगहरुको पर्व होली हिमाली र पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइएको छ ।

होली पर्व असत्यमाथि सत्यको विजय उत्सवको रूपमा विभिन्न रङ, अबिर र लोला खेलेर मनाउने परम्परा छ । आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा पनि लिइन्छ ।

बसन्त ऋतुसँगै आउने होली हरेक वर्ष फागुन शुल्क पूर्णिमाको दिन मनाइन्छ । शुल्क पूर्णिमाभन्दा एक साता अगाडि काठमाडौंको वसन्तपुरमा चीर ठड्याएपछि होली सुरु भएको मानिन्छ । रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर होली पूर्णिमाको भोलिपल्ट जलाइन्छ ।

आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउनेगरिएको पाइन्छ ।

तपाइको मत