६ असार ०७५, सर्लाही । बरहथवा नगरपालिका ३ हजरियामा टिपरको ठक्करबाट तीनजना विद्यार्थी घाइते भएका छन् ।
बुधवार दिउँसो हजरिया झिँयाही टोलमा ना ७ प २२८६ नम्बरको को टिपरले बा ४९ प ७२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन् ।
दुर्घटनामा स्थानीय मुनलाइट बोर्डिङ स्कुलको कक्षा १० मा अध्ययनरत बागमती नगरपालिका ७ राजघाटका अनिल साह, कौडेनाका राजीव यादव र सिरहा गोलबजारका रोहन थापा घाइते भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
घाइतेहरुलाई बरहथवामा सामान्य उपचार गरी चितवनको भरतपुर रेफर गरिएको छ ।
टिपरका चालक र टिपरलाई नियन्त्रणमा लिई बरहथवा ल्याएको बरहथवाका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिए ।दुर्घटनापछि आक्रोशित बनेका गाँउलेले टिपर र त्यसका चालकमाथि आक्रमणको प्रयास गरेका थिए ।