२४ मंसिर ०७५, काठमाडौं । चिकित्सकहरुको साझा संस्थाको रुपमा २०७४ सालमा स्थापना गरिएको युनाईटेड नेशनल मेडिकल सोसाईटी अफ नेपालको बिधिवत रुपमा उद्घाटन गरिएको छ ।
शनिबार स्वास्थय तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले संस्थाको उद्घाटन गरेका हुन् ।
युनाइटेड नेशनल मेडिकल सोसाइटी अफ नेपालका संस्थापक अध्यक्ष डा.चन्दन रमनको नेतृत्वमा रहेको संस्थाले उद्घाटनपूर्व पनि बिभिन्न सामाजिक काम गर्दै आइरहेको छ ।
प्रत्येक चिकित्सकले कम्तीमा महिनाको एक दिन केही समय समाजको लागि छुट्याएर बिरामी तथा स्वास्थ्य सम्बन्धी जनचेतना मूलक कार्यक्रममा सहभागिता हुनुपर्ने लगायतको उद्देश्य सहित स्थापना गरिएको हो ।
कार्यक्रम पश्चात स्वास्थ्यमन्त्री यादवले संस्थाको उद्देश्य अनुरुप कार्य गर्न शुभकामना दिदै सरकार स्वास्थ्य क्षेत्रको सुधारको लागि विशेष योजना सार्वजनिक गर्न लागेको जानकारी दिए ।
राज्यमन्त्री यादवले जनसंख्या बढेको बढै तर सरकारी सेवामा चिकित्सकहरुको दरबन्दी बढाउन नसकेकोले ग्रामीण स्तरसम्म स्वास्थ्य सेवाको पहुच पुग्न नसक्नुका साथै चिकित्सकहरु शहरमुखी बन्नाले समस्या झन बढेकोले सरकारले ग्रामिण क्षेत्रमा कार्यरत चिकित्सको लागि बिशेष योजना ल्याउन लागेको जानकारी दिए ।
मन्त्री यादवले युवा चिकित्सकहरुले खोलेको यस संस्थामा सरकारले सहयोग गर्ने बताउँदै स्वास्थ्य सम्बन्धी जनचेतनामुक कार्यक्रम गर्न आग्रह गर्दैे रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिनकै लागि कार्यक्रम संञ्चालन गर्न यस्ता संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।