स्ववियु निर्वाचनको माग गर्दै उपकुलपतिको कार्यालय घेराउ

६ फागुन ०७५, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन (अखिल र अखिल (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय घेराउ गरेको छ ।

सोमबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको माग गर्दै उनीहरुले संयुक्त रुपमा नाराबाजीसहित उपकुलपति तीर्थ खनियाँको कार्यालय घेराउ गरेका हुन् ।

सत्तारुढ विद्यार्थीहरुले  नेपाल विद्यार्थी संघको आन्तरिक किचलोका कारण स्ववियु निर्वाचन टार्ने चलखेल भएको आरोप लगाएका छन् ।

तपाइको मत