सुन तस्करीका नाइके गोरे पक्राउ, पत्रकार सम्मेलन गरी सार्वजनिक

८ जेठ ०७५, काठमाडौं । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अाराेपी चूडामणि उप्रेती (गोरे)लाई गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको छ ।

सुन तस्करी र सनम शाक्यको हत्याको अनुसन्धान गर्न गठन भएको समितिले मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी गोरेलाई  सार्वजनिक गरेको हो ।

गृहमन्त्रालयको विशेष छानबिन समिति अन्तर्गत खटिएको प्रहरीको टोलीले बिहान ५:३४ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरिएको जानकारी दिएको छ ।

समितिका संयोजक ईश्वरराज पौडेलले गाेरे काठमाडौंमा आएको विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिँदै  गोरेलाई आजै मोरङ जिल्ला अदालतमा प्रस्तुत गर्ने गरी विराटनगर पठाउन लागिएको बताए ।

तपाइको मत