सुनसरीमा भारतीय जीप दुर्घटना हुँदा ६ को मृत्यु, ३ घाइते

१९ असार ०७५, सुनसरी । भारतीय जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

इनरुवाबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ०६ टीबी ६४१८ नं. को भारतीय बोलेरो जीप महेन्द्र राजमार्ग अन्तर्गत कोशी कटानको दहमा पल्टिदा ६ जनाको मृत्यु भएको हो ।

दुर्घटनालगतै नजिकै रहेको प्रहरी चेकपोइन्टका प्रहरी टोलीले घाइतेहरुको उद्धार गरेर अस्पताल पु¥याएको थियो ।

तीन जनाको जिल्ला अस्पताल इनरुवामा र तीन जनाको विराटनगरस्थित सञ्जीवनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए ।

दुर्घटनामा घाइते तीनमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अधिकारीले बताए ।

तपाइको मत