४ जेठ ०७५, काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराई मन्त्रालय तानिएका छन् ।
यातायात मन्त्री रघुवीर महासेठको नेतृत्वमा वैशाख ३१ गते बसेको बैठकले महानिर्देशक भट्टराईलाई मन्त्रालयमा तान्ने निर्णय गरेको हो ।
महानिर्देशक भट्टराईले पछिल्लो समय यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्न गृहमन्त्री रामबहादुर थापा बादलको अभियानलाई दह्रो साथ दिएका थिए ।
उनलाई मन्त्रालय तान्नुलाई सिन्डिकेट हटाए वापत मन्त्री महासेठले दिएको दण्डका रुपमा हेरिएको छ ।