२७ पुस ०७५, सप्तरी । प्रदेश नं. २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले सहकारी क्षेत्रको पूँजीलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरेर उत्पादन वृद्धि गरी प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउनुपर्ने बताएका छन् ।
शुक्रवार ग्लोबल बहुमुखी सहकारी संस्था लि.को १८ औं वािर्षक साधारण सभाको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
प्रदेशको समृद्धको आधार कृषि नै भएको भन्दै उनले उत्पादन वृद्धिका लागि सरकार, निजी क्षेत्र र सहकारी संस्था मिलेर अघि बढनुपर्नेमा जोड दिँदै सहकारी मार्फत उत्पादन वृद्धि गरेर प्रदेशलाई आत्मनिर्भर बनाउन प्रदेश सरकार अघि बढेको बढिसकेको बताए । अहिले सहकारी भन्ने बितिक्कै सर्वसाधारणले बचत र ऋण लगानी गर्ने संस्थाको रुपमा बुझने गरेपनि ग्लोबलले समाजिक काममा पनि ध्यान दिएकाले समाजमा सहकारी संस्था प्रति राम्रो सन्देश गएको बताए ।
२९ जना सदस्यको १ लाख ३५ हजार शेयर पुँजीबाट सुरु भएको ग्लोबल अहिले ८० करोडको कारोवार र झण्डै ४० हजार महिलालाई जोड्न सफल भएको छ