४ असार ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन तहको सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणमा सक्रियतापूर्वक काम गरिरहेको बताएका छन् ।
राष्ट्रिय सभाको बैठकमा विनियोजन शिर्षकहरुमा सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
जनप्रतिनिधिहरूले आफूले सकेको काम गरिरहेको बताउँदै उनले भने, “जनप्रतिनिधि काममा लागेका छन्, त्यता कसैको पनि ध्यान छैन् तर दैनिक हिसाबकिताब चाहियो भनेर हल्ला भइरहेको छ ।”
नेपालमा कोरोना संक्रमण देखापर्नु अघि नै कोही नागरिक भोकै पर्नु नपरुन् भनेर साथै सामाजिक कुरुपता जस्ता कुराहरुलाई जमिनबाट बुझेको भन्दै उनले सडकमा रहेका भिखमंगा साथै सडक बालबालिकाहरुलाई समेत सरकारले व्यवस्थापन गरिसकेको बताए ।