सरकारलाई संविधान संशोधन फिर्ता लिन नेपालको आग्रह

२२ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले अमेरिका भ्रमणबाट स्वदेश फर्कने क्रममा सञ्चारकमीसँग कुरा गर्दै  संविधान संशोधन फिर्ता गर्नुको विकल्प नभएको बताएका छन् ।

नेता नेपालले संशोधनका कारण देशका विभिन्न स्थानमा विरोध भएको भन्दै त्यसलाई फिर्ता लिन प्रचण्ड नेतृत्वको सरकारलाई आग्रह गरेका हुन् ।

नेता नेपालले जनतालाई भन्दा अरुलाई खुसी पार्न संशोधन प्रस्ताव आएको दावी गरे । ९० प्रतिशत भन्दा धेरैले पारित गरेको संविधानमा संशोधन गर्न जरुरी नभएको नेता नेपालको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन भन्दा कार्यन्वयन तर्फ लाग्नुपर्नेमा उनको जोड थियो ।

तपाइको मत