पालेको बञ्चरो प्रहार गरी हत्या

२ पुस ०७५, काठमाडौं । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. १ को कार्यालयमा ज्यालादारीमा कार्यरत  पालेको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।

कार्यालयको पाले पदमा कार्यरत तिलाठी कोइलाडी गाउँपालिका १ निवासी २७ वर्षिय पर्शुराम मिश्रको डियुटीमा रहेका बेला शनिबार राती बञ्चरो प्रहार गरी हत्या गरिएको हो ।

डियुटीमा रहेका बेला शनिबार राती सोही वडा निवासी शैलेन्द्र मुखियाँसहितको समूहले बन्चरोले घाँटीमा प्रहार गरेपछि गम्भिर घाइते भएका मिश्रलाई उपचारका लागि स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि बिराटनगर रेफर गरिएको थियो । मिश्रलाई उपचारका लागि बिराटनगर तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यता घटनापछि आक्रोसित स्थानीयवासीले सोमबार बिहानैदेखि घटनामा संलग्न रहेकाहरुलाई अविलम्ब पक्राउ गर्न माग गर्दै राजविराज–कुनौली सडकखण्डमा अवरुद्ध पारेका छन् ।

डिएसपी भावेश रिमालले घटनामा संलग्न अपराधीहरुको पहिचान भइसकेको र खोजी कार्य तीब्र बनाएको जानकारी दिए ।

तपाइको मत