७ माघ ०७५, काठमाडौं । हिन्दु धर्मालम्बीहरुको भक्ति र श्रद्धाको पर्व श्री स्वस्थानी ब्रत सोमबारदेखि सुरु भएको छ ।
एक महिनासम्म चल्ने स्वस्थानि ब्रत बिहान नुहाएर मध्यान्ह पूजा अर्चना गरी एक महिनासम्म घरघरमा स्वस्थानी परमेश्वरीको व्रतकथा पढेर सुनाउने गरिन्छ ।
सत्य युगमा बिष्णुको सुझाव अनुसार पार्वतीले कठोर ब्रत बसी स्वस्थानीको पूजाअर्चना गरेपछि मनोकांक्षाअनुसार महादेव पति पाएको धार्मिक विश्वास छ ।
व्रतालु महिला–पुरूषहरुले साँखु लगायत देशभरका नदी, खोला र किनारमा स्वस्थानीको प्रतिमा बनाइ श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्ने गर्छन् ।