८ असार ०७५, मोरङ । हिन्दु धर्मगुरु आचार्य श्रीनिवास ५ हजार धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रताप शर्माको इजलासले आचार्यलाई ५ हजार धरौटीमा रिहा गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ को क बमोजिम जेठ १६ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थिए ।
जिल्ला प्रशासनको आदेशबिरुद्ध उनले मुलुकी ऐनको अदालती बन्दोवस्त महलको १७ नम्बर बमोजिम जिल्ला अदालतमा पुनरावेदन गरेका थिए । उनलाई झुम्का कारागारमा राखिएको थियो ।
विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा पुराण बाचनका लागि गएका आचार्य चैत २५ गते बिहान १ः४५ बजे कोठाबाट बाहिर निस्केका बेला गोली प्रहारबाट घाइते भएका थिए । उनले आफ्नै साथीहरुलाई आफूमाथि गोली हान्न लगाएका थिए ।
उनी बैशाख २४ गते भारत जान लागेको समयमा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।