२० बैशाख ०७५, काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी कार्यक्रम भएको छ ।
बुधबार बबरमहलबाट सुरु भएको प्रभातफेरी बानेश्वरचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले राज्यद्धारा नै स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने कोशिस भएको बताए ।
अध्यक्ष आचार्यले संविधानमा पुर्ण प्रेस स्वतन्त्रता लेखिएको भएपनि व्यवहारमा अझै पनि प्रेस स्वतन्त्र हुन नसकेको भन्दै केन्द्र, प्रदेश र स्थानीय सरकारले बनाउनु पर्ने सञ्चारसम्बन्धी ऐनहरू बन्ने क्रममै भएकाले यसलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन नेपाल पत्रकार महासंघको केन्द्रदेखि जिल्लासम्मका सबै संयन्त्रहरूले कडा निगरानीसहित पहलकदमी बढाउनु पर्ने बताए ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघले प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आहृवानमा प्रत्येक वर्ष मे ३ तारिखमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ ।