१७ जेठ ०७९, ललितपुर । विश्व घुम्रपान रहित दिवसको अवसरमा ललितपुरमा विद्यालय स्तरीय सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार नेपाल अर्बुद रोग निवारण संस्था ललितपुरको आयोजनामा ललितपुर महानगरपालिका वडा नं. ५, बुद्धि विकास मण्डलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमा डा.प्रकाश न्यौपानेले खुल्ला ठाउँमा घुम्रपान गर्नु भनेको कल कारखानाबाट निस्किने धुँवा भन्दा घातक हुने बताए ।
कार्यक्रममा विज्ञहरु जय बहादुर गुरुङ, डा. न्यौपाने, केन्द्रिय महासचिव विनोद कुमार होडा, नमुना मछिन्द्र विद्यालयका शिक्षक, शिक्षिका, छात्रछात्राहरुका साथै अन्य बुद्धिजिवी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।