२७ बैशाख ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदका सम्पूर्ण सदस्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन आग्रह गरेका छन् ।
विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा सोमबार भएको छलफलमा अध्यक्ष प्रचण्डले यस्ताे बताएका हुन् ।
“प्रधानमन्त्री बाहेक सबै सांसदले विश्वासको मतको विपक्षमा मत दिएर इतिहास रचाैं,’ अध्यक्ष प्रचण्डले भने, ‘सबै माननीय सांसदहरूलाई विश्वासको मतको विपक्षमा मत दिन आग्रह गर्दछु ।’
अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक झगडाका कारण प्रधानमन्त्री ओलीले संसद भंग गरेको भन्दै अहिले सांसदहरूसँग मत माग्ने नैतिक अधिकार नरहेको बताए ।
‘तपाईले विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीजी ?’ प्रचण्डले प्रश्न गरे, ‘नियमित अधिवेशन बोलाएर त्यसमै विश्वासको मत लिए हुन्त्यो तपाईंले यो सब छल्न यो विशेष अधिवेशनबोलाएको त होइन ?’
उनले प्रधानमन्त्रीकै कारण आज देश र समाज जस्तै संविधानलाई काेराेना लागेकाे पनि बताए ।