आज विमान दुर्घटनाको शोकमा बिदा

२ माघ ०७९, काठमाडौं । यती एयरलाइन्सको पोखरामा आइतबार भएको विमान दुर्घटनाको शोकमा सरकारले आज बिदा दिएको छ ।

विमान दुर्घटनाको शोकमा झण्डा झुकाउने निर्णयसमेत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि छुटेको यती एयरलाइन्सको ९–एन–एनएसी ७२ विमान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो । विमानमा चालक दलसहित ७२ जना थिए ।

घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग पनि गठन गरेको छ ।