विद्यार्थीले कम ग्रेड ल्याए विषय शिक्षकलाई सेवा मुक्त

१२ चैत्र ०७५, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विद्यार्थीले कम ग्रेड ल्याएमा विषय शिक्षकलाई सेवा मुक्त बनाउने प्रस्ताव तयार भएको छ ।

मंगलबार शिक्षा समितिमा पेश गरिएको प्रतिवेदनमा एसईई परीक्षामा तीन वर्षसम्म एकै विषयमा ५० प्रतिशतभन्दा बढी विद्यार्थीको ग्रेड ‘डी’ र ‘ई’ आएमा सम्बन्धित विषय शिक्षकलाई सेवाबाट मुक्त गर्ने प्रस्ताव गरिएको हो ।

५० प्रतिशतभन्दा धेरै विद्यार्थीले डी र ई ल्याएका सम्बन्धित विद्यालयको प्रधानाध्यापकको ग्रेड रोक्का गर्नुपर्ने र विद्यालयले पाउँदै आएका अनुदान कटौटी गर्न पनि प्रस्ताव गरिएको छ ।

गत मंसिर दुई गते शिक्षा समितिले सांसद उमेश श्रेष्ठको नेतृत्वमा शिक्षा नीतिमा समेट्नु पर्ने विषयका सम्बन्धमा सुझाव दिन उपसमिति गठन गरेको थियो ।

तपाइको मत