विजया दशमी पर्व मान्यजनको हातबाट टिका जमरा लगाइ मनाइँदै

७ कार्तिक ०८०, काठमाडौं । आज हिन्दुहरुको महान चाड वडादशैं अर्थात् विजया दशमी पर्व मान्यजनको हातबाट टिका जमरा लगाइ मनाइँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुासार टीका ग्रहण बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ ।

आश्विन शुक्ल दशमीका दिन घटस्थापनाका दिन राखिएको जमरासँगै मान्यजनबाट सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासहित आर्शिवाद र टीका ग्रहण गरेर दशैं पर्व मनाइन्छ ।