लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै कालोमोसो दलियो

७ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै क्रमकालोमोसो दलिएको छ ।

पेशीका लागि कार्की अपराह्न अदालत पुगेका थिए । त्यही क्रममा उनीमाथि  दुईजना यूवाले हातपात गर्दै कालोमोसो दलेका हुन् ।

विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।  उनीहरुले कालोमोसो लगाएपछि ‘नेकपा माओवादी जिन्दावाद’ भन्दै नाराबाजी समेत गरेका थिए ।

उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कार्कीको योग्यतासम्वन्धी मुद्दामा सर्वोच्चमा बिहीबारबाटै बहस सुरु भएको थियो ।  रिट निवेदक ओमप्रकाश अर्याल पक्षधरका वकिलहरुले बहस गरेका छन् ।

तपाइको मत