लुक्लामा समिट एयरको जहाज दुर्घटना: तीन जनाको मृत्यु

१ बैशाख ०७६, काठमाडौं । सोलुखुम्बुको लुक्लाबाट रामेछाप आउँदै गरेको समिट एयरको जहाज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

आइतबार विहान जहाज धावनमार्गबाट चिप्लिएर पार्किङमा राखेको मनाङ र श्रीएयरको हेलिकप्टरसित ठोक्कि दुर्घटना भएको हो । जहाजमा चालकदलबाहेक अन्य यात्रु भने नभएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए ।

प्रवक्ता तिवारीका अनुसार जहाजका कोपाइलट सुदीप ढुंगाना, विमानस्थलमा कार्यरत पर्यटक प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै र प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको काठमाडौं ल्याइएपछि उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा उक्त जहाजका पाइलट रवीन्द्र रोकाया, मनाङ एयरको हेलिकप्टरका पाइलट चेत गुरुङ गभ्मीर घाइते छन् भने एयर होस्टेज रश्मी लामा सामान्य घाइते छिन । घाइते दुवै पाइलटलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

नागरिक उड्ययन प्राधिकरणका अनुसार आइतबार बिहान ९ बजेर ६ मिनेटमा दुर्घटना भएको हो । दुर्घटनाबाट मनाङ एयरको हेलिकप्टर पुरै क्षतिग्रस्त भएको छ भने श्रीएयरको हेलिकप्टरमासमेत क्षति पुगेको छ ।

तपाइको मत