१२ भदौ, काठमाडौं । पूर्वमन्त्री एवं लिवरल डेमोक्रयाटिक पार्टीको अध्यक्ष गोरेबहादुर खपाङ्गीको निधन भएको छ ।
गोरेबहादुर फाउन्डेसनका भावेश भूमरीकाअनुसार पिसावमा समस्या देखिएपछि राजधानीको न्यूरो अस्पतालमा शनिबार भर्ना भएका खपाङ्गीको उपचारकै क्रममा गएराति १० बजेर २२ मिनेटमा निधन भएको हो ।
नेकपा मालेबाट राजनीतिमा प्रवेश गरेका खपाङ्गी पार्टी परित्याग गरी राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिब हुँदै हाल लिवरल डोमेक्रयाटिक पार्टीको अध्यक्ष थिए ।
खपाङ्गी तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासन कालमा महिला तथा बालबालिका मन्त्री बनेका थिए ।
यसैबीच प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खपाङ्गीप्रति श्रद्धाञ्जली एवं शोकाकूल परिवार र शुभेच्छुकमा समवेदना व्यक्त गरेका छन् ।