रुकुममा जीप दुर्घटना हुँदा ७ को मृत्यु, ४ घाइते

२ साउन ०७५, काठमाडौं । रुकुमको धारापानीमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

बुधबार रुकमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप सिस्नेगाउँपालिका – ५ धारापानीमा दिउँसो करिब २ बजेतिर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा र ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

रुकुमको पुथा उत्तरगंगा गाउँपालिका (१ का कुमार पुन र वुद्धिराज पुन, २ का किरण पुन, ४ का अर्जुन विक, १२ का तिर्सना तुलाचन र १४ का सालेना वर्मा) र बाँकेकी ललिता परियारको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका मुसीकोट नगरपालिका १२ का जयवीर कामी, पुथा उत्तरगंगा ११ का प्रतिमा बु्ढामगर, पुथा उत्तरगंगा २ का धनीराम पुन र सम्झना पुनलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको डीएसपी श्रेष्ठले बताए । ११ जना मानिस चढेको जीप सडकदेखि भीरबाट एक सय मिटर तल खसेको थियो ।

तपाइको मत